ad ad

खेल


क्रिस्टल प्यालेसविरुद्ध आर्सनलको एकपक्षीय जित

क्रिस्टल प्यालेसविरुद्ध आर्सनलको एकपक्षीय जित

नेपालखबर
माघ ७, २०८० आइतबार १३:३०, काठमाडौँ

आर्सनलले इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा क्रिस्टल प्यालेसविरुद्ध एक पक्षीय जित दर्ता गराएको छ।

गयराति भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-० को एक पक्षीय नतिजासहित हराउँदै उपाधि होडलाई यथावत राखेको छ। 

केही समययता निरन्तर खराब लयमा रहेको आर्सनलले लिगको शीर्ष स्थान गुमाएको थियो। एक महिनाबीचमा तीन खेलमा हार भोगेपछि आर्सनलको उपाधि यात्रा कमजोर बनेको थियो। 

तर क्रिस्टल प्यालेसमाथिको एकपक्षीय जितले आर्सनलको उपाधि होड कायमै रहेको छ।

प्यालेसलाई हराउने क्रममा ग्याब्रियल मार्टिनेलीले दुई गोल गरे। उनले खेलको इन्जुरी समयमा दुई गोल गरे।

त्यसैगरी ग्याब्रियल मागाल्हेस र र लिएन्ड्रो ट्रसार्डले एक-एक गोल गरे। आर्सनललाई प्यालेसका डन हेन्डरसनले एक आत्माघाती गोल उपहारस्वरप दिए।

यो जितपछि आर्सनलले २१ खेलबाट ४३ अंक बनाएको छ। ऊ अब लिगको तेस्रो स्थानमा रहेको छ। अब आर्सनल शीर्ष स्थानको लिभरपुलभन्दा २ अंकले पछि छ। 

म्यानचेस्टर सिटी २० खेलबाट ४३ अंकसहित लिगको दोस्रो स्थानमा छ। उता पराजित प्यालेस भने २१ अंकसहित तालिकाको १५ औँ स्थानमा छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .