खेल


तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक रमिलासहित ७ जना सम्मानित

तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक रमिलासहित ७ जना सम्मानित

नेपालखबर
पुस २७, २०८० शुक्रबार २१:४५, काठमाडौँ

नेपाल तेक्वान्दो संघ बागमती प्रदेशले ७ जनालाई समान गरेको छ। काठमाडौं फनभ्यालि भक्तपुरमा शुक्रबारदेखि सुरु भएको दोस्रो साधारण सभाको अवसरमा तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक रमिला खबीसहित ७ जनालाई सम्मान गरेको हो।

कास्कीको देउरालीकी रमिला अन्तर्राष्ट्रिय निर्णायक तथा प्रशिक्षक हुन्। रमिलाले एक कुशल र सक्षम तेक्वान्दोकर्मीका हैसियतले दर्जनौं राष्ट्रिय प्रतियोगितामा कुशल निर्णायकको भूमिका निर्वाह गरेकी छन्।

यसैवर्ष विश्व तेक्वान्दोबाट थाइल्याण्डको बैंककमा भएको अन्तर्राष्ट्रिय कोर्ष पूरा गरेकी छन्। गत महिना दक्षिण कोरियामा अन्तर्राष्ट्रिय निर्णायकको रिफ्रेसर कोर्ष गरेकी थिइन्।

हाल उनी काठमाडौंका क्यान्भास बसन्त ऋतु स्कुल तथा आदर्श योगहरी स्कुलको तेक्वान्दो प्रशिक्षक छिन्। यस क्षेत्रमा उनले पुर्याएको योगदान तेक्वान्दोकर्मी तथा युवा पीडिका लागि प्रेरणाको स्रोत भएको तेक्वान्दो संघ बागमती प्रदेशले जनाएको छ।

सोही अवसरमा तेक्वान्दोका विक्रम खड्गी, राजेन्द्र डंगोल, राजकुमार ठकुरी, बिकेश बिडारी, नीता गुरुङ र काजल श्रेष्ठलाई पनि सम्मान गरिएको छ। बागमती प्रदेशका उत्कृष्ट जिल्लाको रुपमा सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारी र चीतवनका गोपाल श्रेष्ठलाई पनि समान गरिएको छ।

उनीहरुलाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वगृह राज्यमन्त्री इन्द्रबहादुर बानियाँ, तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पूरी र महासचिव हरिहर ढुंगानाले समान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .