केप टाउनमा भारत र दक्षिण अफ्रिकाबीच जारी दोस्रो टेस्ट म्याचको पहिलो दिन बुधबार भारतीय टोली १५३ रन बनाएर प्याभेलियन फर्किएको छ।
भारतका लागि विराट कोहलीले सर्वाधिक ४६ रन बनाए।
यसपछि रोहित शर्माले ३९ र शुभमन गिलले ३६ रन बनाए।
यसअघि दक्षिण अफ्रिकी टोली पनि ५५ रन बनाएर अलआउट भएको थियो।
भारतका लागि मोहम्मद सिराजले सर्वाधिक ६ विकेट लिए। यसबाहेक बुमराह र मुकेश कुमारले २–२ विकेट लिए।
57
Shares
प्रतिक्रिया