ad ad

खेल


वीरगन्जको हारले ललितपुर प्लेअफमा

वीरगन्जको हारले ललितपुर प्लेअफमा

तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस ७, २०८० शनिबार १५:४३, काठमाडौँ

एफसी बुटवल लुम्बिनीसँग पराजित भएपछि वीरगन्ज युनाइटेड नेपाल सुपर लिग (एनएसएल) को प्लेअफ दौडबाट बाहिरिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा शनिबार भएको पहिलो खेलमा बुटवलले तेस्रो जित निकाल्दै एनएसएल यात्रा टुंग्याएको हो। 

बुटवलसँगको हारले वीरगन्ज पनि प्लेअफ दौडबाट बाहिरिएको छ। प्लेअफमा ललितपुर सिटी एफसी पुगेको छ। 

आजै हुने दोस्रो खेलमा ललितपुर र काठमाडौं भिड्नेछन्। दोस्रो खेलमा काठमाडौंलाई जित्नैपर्ने दबाब छ। प्लेअफ दौडमा अब ललितपुरसँगै काठमाडौं र झापा छन्। दोस्रो खेलमा काठमाडौंको हारले झापा एफसी प्लेअफमा पुग्नेछ। 

जितसँगै बुटवल पाचौं स्थानमा उक्लिएको छ। ३ खेलमा जित, १ खेलमा बराबरी र ४ खेलमा हार भोगेको बुटवल १० अंकका साथ छैटौँ स्थानमा छ।

वीरगन्जले आठौं स्थानमा रहेर ८ अंकमा एनएसएल यात्रा टुंग्याएको छ। वीरगन्जले समान २ खेलमा जित र बराबरीको नतिजा निकाल्दा चार खेलमा हार भोगेको छ।

बुटवलको जितले इलाम अंक तालिकाको पुछारमा पुगेको छ।

वीरगन्जका लागि इन्ज्युरी समयको तेस्रो मिनेटमा चन्दन दासले निर्णायक गोल गरे। 

खेलको ७९ औं मिनेटमा विलियम ओपुकुको प्रहर पोस्टको नजिकबाट बाहिरिँदा अग्रता बनाउने सुन्दर मौका गुमायो। 

५९ औं मिनेटमा सुशील लामाको फ्रि किक सिधै बुटवलका गोलरक्षक मोहमोदोउको हातमा पुग्यो। 

५४ औं मिनेटमा बुटवलका आशिष लामाको प्रहार बारमा लाग्दै बाहिरियो। लगत्तै वीरगन्जका सुनील खड्काको प्रहार पनि बारमा लाग्दै बाहिरियो। 

५१ औं मिनेटमा वीरगरन्जका विलियमको क्रसमा ओवेडको प्रहार पोस्टको नजिकबाट बाहिरियो।

४९ औं सुशील लामाको क्रसमा विलियमको प्रहार बाहिरियो। 

खेलको ११ औं मिनेटमा वीरगन्जका ओवेड ओसुउको प्रहार सेकेन्ड बारको नजिकबाट बाहिरियो। 

३० विलियम ओपुकाुको कर्नर सुशील लामाको प्रहारले पोस्टको गति लिन सकेन। ३२ औं मिनेटमा सीमान्त थापको पासमा पेनाल्टी एरियाबाट ओवेड ओसुको हेडर सेकेन्ड बारको नजिकबाट बाहिरियो। 

३६ औं मिनेटमा बुटवलका एरिक विष्टको प्रहारमा वीरगन्जका गोलरक्षक दीप कार्की बाधक बने।

पहिलो हाफको इन्ज्युरी समयमा डिबक्सभित्रबाट बुटवलका आशिष चौधरीको फितलो प्रहार पोस्टको माथिबाट बाहिरियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .