ad ad

खेल


रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्कियो

रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्कियो

नेपालखबर
पुस २, २०८० सोमबार १३:२, काठमाडौँ

भिल्ला रियललाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ। 

आइतबार राति भएको खेलमा रियल भिल्ला रियललाई ४–१ को गोल अन्तरले पाखा लगाउँदै शीर्ष स्थानमा उक्लेको हो। 

१७ खेलबाट ४२ अंक बनाएको रियल शीर्ष स्थानमा छ। रियलको जितसँगै एक खेल कम खेलेको जिरुना भने दोस्रो स्थानमा झरेको छ। १६ खेलबाट ४१ अंक बनाएको जिरोना दोस्रो स्थानमा छ। 

खेलको २५ औं मिनेटमा वेलिंघमको गोलमा रियलले सुरुआती अग्रता बनाएको थियो। 

३७ औं मिनेटमा रोड्रिगोले अग्रता दोब्बर पारे। खेलको ५४ औं मिनेटमा लुइस मोरालेसले भिल्ला रियलका लागि गोल गर्दै खेलमा फर्कने संकेत गरेका थिए। 

दोस्रो हाफमा चार मिनेटको अन्तरमा ब्राहिम डियाज र लुका मोड्रिचले गोल गर्दै रियलको जित पक्का गरे। 

गएराति कै खेलमा अल्मेरिका र मार्सेलोले तथा रियल सोसिडाड र रियल बेटीसले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

लास पलमास र काडिजले भने एक एक गोलको बराबरी गर्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .