ad ad

समाज


मकवानपुरमा जंगली हात्तीले भत्कायो घर-गोठ

मकवानपुरमा जंगली हात्तीले भत्कायो घर-गोठ

फाइल तस्बिर


नेपालखबर
पुस २, २०८० सोमबार १३:८, काठमाडौँ

मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीमा जंगली हात्तीले स्थानीयको घरगोठ भत्काएको छ।

आइतबार राति ८ तिर आएको जंगली हात्तीले स्थानीय टल्के चेपाङको घर भत्काएको छ।

सोही ठाउँमा राम बहादुर तामाङको गोठमा पनि हात्तीले क्षति गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।

जंगली हात्तीको आक्रमणबाट चेपाङको जस्ता र ढुंगा–माटोले बनेको एक तले घरमा पूर्णरूपमा क्षति भएको छ।

तामाङको गोठमा हात्तीले आक्रमण गर्दा आंशिकरूपमा क्षति पुगेको प्रहरीले जनाएको छ। 

जंगली हात्तीलाई प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा जंगलतर्फ धपाइएको प्रहरीले जनाएको छ। जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। 

गएको मंगलबार पनि जंगली हात्तीको आक्रमणबाट सोही ठाउँकी जमुना कुमारी अधिकारीको घर सामान्य क्षती भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .