ad ad

खेल


एनएसएल : पहिलो हाफमा वीरगन्जभन्दा पोखरा २-१ ले अघि

एनएसएल : पहिलो हाफमा वीरगन्जभन्दा पोखरा २-१ ले अघि

फाइल तस्बिर


नेपालखबर
मंसिर ३०, २०८० शनिबार १४:११, काठमाडौँ

नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत जारी खेलको पहिलो हाफमा वीरगन्ज युनाइटेडविरुद्ध पोखरा थन्डर्सले अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा पोखरा २-१ ले अघि भएको हो। 

पहिलो हाफको छैटौँ मिनेटमै पोखराले सुरुवाती अग्रता बनाएको थियो।

पोखराका फरवार्ड आयुष घलानले बक्सको दायाँपट्टिबाट गरेको क्रसमा स्टेफन अन्नोरले दिएको पासमा मोसेस ग्याबाको प्रहार ब्लक भएपछि बक्सको छेउबाट जो आइडुले गरेको प्रहार वीरगन्जका गोलरक्षक दीप कार्कीले रोक्न सकेनन्। 

११औँ मिनेटमा वीरगन्जले बराबरी गोल फर्कायो। सुशील लामाको क्रसमा डिफेन्डर आइकिन्स बफुरको हेडर  पोखरा गोलरक्षक यभ्स प्रिसोको नजिकैबाट बल छिर्‍यो। 

खेलको ४४औँ मिनेटमा पोखराले पुनः खेलमा अग्रता बनायो। स्टेफन अन्नोरको क्रसमा हेडर गोल गर्दै मोसेसले खेलमा पोखरालाई पुनः अग्रता दिलाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .