ad ad

खेल


यू-१९ एसिया कप : नेपालको खराब प्रदर्शन, गुम्यो ६ विकेट

यू-१९ एसिया कप : नेपालको खराब प्रदर्शन, गुम्यो ६ विकेट

नेपालखबर
मंसिर २६, २०८० मंगलबार १२:३२, काठमाडौँ

एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपालले खराब प्रर्दशन गरेको छ। 

दुबईको आइसीसी एकेडेमी ओभल–२ मा भारतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ११ औँ ओभरको खेल जारी रहँदा ६ विकेट गुमाएको छ। 

नेपाली ब्याटर भारतिय बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन्। नेपालका ६ ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। दिपक डुम्रे गोल्डेन डग आउट भए। 

ओपनर अर्जुन कुमाललो बनाएको ७ रन सर्वाधिक छ। ओपनर दिपक बोहोरा १ रनमा क्याच आउट भए। गुल्सन झा ४ कप्तान खेव खनाल २ रनमा पवेलियन फर्के। उत्तम थापा मगर शुन्य  रनमा आउट भए। 

अहिले क्रिजमा अर्जुन कुमाल ७ र कप्तान देव थापा शुन्य रनमा नटआउट छन्। राज लुम्बानी एक्लैले चार विकेट लिए। 

घातक बलिङ गरेका राजले ६ ओभरमा ३ मेडन राख्दै मात्र ८ रन दिए। आराध्या शुक्लाले दुई विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .