ad ad

खेल


नेपाललाई अफगानिस्तानले दियो २ सय ६२ रनको लक्ष्य

नेपाललाई अफगानिस्तानले दियो २ सय ६२ रनको लक्ष्य

नेपालखबर
मंसिर २४, २०८० आइतबार १५:१६, काठमाडौँ

जम्सिद जड्रानको शतकमा एसीसी यू–१९ एसिया कपमा अफगानिस्तानले नेपालसामु जितका लागि २ सय ६२ रनको विशाल लक्ष्य पाएको छ। 

दुबईको आईसीसी एकेडेमी ओभल–२ मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेटको क्षतिमा २ सय ६१ रनको योगफल तयार पारेको हो। 

नेपालविरुद्ध जम्सीद जड्रानले शतक प्रहार गरे। १ सय ५२ बलमा ८ चौका हानेका जम्सिद १ सय ६ रन बनाउँदा रिटायर्ट हर्ट भए। 

उत्कृष्ट सुरुआत गरेको नेपालले चौथो र पाँचौं विकेटका लागि निकै संर्घष गर्नुपरेको थियो। 

पाँचौं विकेटका लागि नुमान र जम्सिदले ८२ बलमा ९७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई विशाल योगफल तर्फ लगेका थिए। 

सुवासले ४२ औँ ओभरको चौथो बलमा नुमानलाई ६० रनमा क्याच आउट गराउँदै नेपाललाई महत्वपुर्ण सफलता दिलाए। ४१ बलमा ५ चौका र ३ छक्का हानेका नुमान सुवासको बलमा दिपेश कडेलको हातबाट क्याच आउट भए। 

त्यसअघि चौथो विकेटका लागि जम्सीद जडान र रहिमुल्लाह जसरमतीले १ सय २९ बलमा ८१ रनको साझेदारी गर्दै अफगानिस्तानको इनिङस् उकासेका थिए। 

दीपेशले २८ औँ ओभरको अन्तिा बलमा रहिमुल्लाह जुरमतीलाई ३५ रनमा क्याच आउट गराउँदै नेपालका लागि महत्वपुर्ण विकेट लिएका थिए। ६५ बलमा २ चौका हानेका रहिमुल्लाह दिपेशको बलमा सुवास भण्डारीको हातबाट क्याच आउट भए। 

हेमन्त धामीले सातौं ओभरमा लगातार दुई विकेट लिदै नेपाललाई राम्रो सुरुआत दिलाएका थिए। 

हेमन्तले सातौ ओभरको दोस्रो बलमा ओपनर खालिद तनिवाललाई १० रनमा पवेलियनको बाटो देखाए। ११ बलमा १० रन बनाएका खालिद हेमन्तको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। हेमन्तले सोही ओभरको तेस्रो बलमा अक्रम मोहम्मजाइलाई बोल्ड आउट गरे। अक्रम गोल्डेन डकआउट भए। 

त्यसअघि अलराउण्डर गुल्सन झाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर वाफीउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए। 

खालिल अहमद १३ रन बनाउँदा आकाश चन्दको बलमा बोल्ड आउट भए। मोहम्मद युनुस २ रन बनाउादा सुवास भण्डारीको बलमा दिपक बोहोराको हातबाट क्याच आउट भए। कप्तान नसिर खान ४ रनमा रनआउट भए। फरिदुन शुन्य रनमा आउट भए। 

नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डारीले समान २ विकेट लिए। दिपेश कडेल र आकाश चन्दको नाममा समान १ विकेट रह्यो। 

दीपेशले आफ्नो स्पेलमा ३४ रन खर्चेर १ विकेट लिए। सुवासले १० ओभरमा ४९ रन दिएर २ विकेट झारे। आकाश चन्दले आफ्नो स्पेलमा १ मेडन राख्दै ६६ रन खर्चेर १ विकेट आफ्नो नाममा गरे। 

नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ। 

नेपाललाई सेमिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दबाब छ। आजको खेलमा पराजित भए नेपालको सेमिफाइनल सम्भावना कठिन बन्नेछ। 

पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटले पराजित भएको नेपाल आजको खेलमा जित निकाल्न चाहन्छ। 

अफगानिस्तान पनि आजको खेलमा नेपाललाई हराउँदै सेमिफाइनल सम्भावना जिवित राख्न चाहान्छ। अफगानिस्तान पहिलो खेलमा भारतसँग ७ विकेटले नै पराजित भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .