ad ad

खेल


सुवासले तोडे नुमान र जम्सिदको साझेदारी

सुवासले तोडे नुमान र जम्सिदको साझेदारी

नेपालखबर
मंसिर २४, २०८० आइतबार १४:४४, काठमाडौँ

सुवास भण्डारीले नुमान शाह अघा र जम्सिद जड्रानको साझेदारी तोड्दै नेपाललाई अर्को महत्त्वपूर्ण सफलता दिलाए। पाँचौं विकेटका लागि नुमान र जम्सिदले ८२ बलमा ९७ रनको साझेदारी गर्दै अफगानिस्तानलाई विशाल योगफलतर्फ लगेका थिए। 

सुवासले ४२ औँ ओभरको चौथो बलमा नुमानलाई ६० रनमा क्याच आउट गराउँदै नेपाललाई महत्त्वपूर्ण सफलता दिलाएका थिए। ४१ बलमा ५ चौका र ३ छक्का हानेका नुमान सुवासको बलमा दिपेश कडेलको हातबाट क्याच आउट भए।

उनले नै ४४ ओभरकाे चौथो बलमा मोहम्मद युनुशलाई २ रनमा बनाउँदा दीपक बोहोराको हातबाट क्याचआउट गराए।

त्यसअघि चौथो विकेटका लागि जम्सीद जडान र रहिमुल्लाह जसरमतीले १ सय २९ बलमा ८१ रनको साझेदारी गरे। 

दीपेशले रहिमुल्लाह जुरमतीलाई ३५ रनमा क्याच आउट गराउँदै नेपालका लागि महत्वपुर्ण विकेट लिएका थिए। ६५ बलमा २ चौका हानेका रहिमुल्लाह दिपेशको बलमा सुवास भण्डारीको हातबाट क्याच आउट भए। 

हेमन्त धामीले सातौ ओभरको दोस्रो बलमा ओपनर खालिद तनिवाललाई १० रनमा पवेलियनको बाटो देखाए। ११ बलमा १० रन बनाएका खालिद हेमन्तको बलमा गुल्सन झाको हातबाट क्याच आउट भए। हेमन्तले सोही ओभरको तेस्रो बलमा अक्रम मोहम्मजाइलाई बोल्ड आउट गरे। अक्रम गोल्डेन डकआउट भए। 

त्यसअघि अलराउण्डर गुल्सन झाले दोस्रो ओभरको पाँचौ बलमा ओपनर वाफीउल्लाह ताराखिललाई १५ रनमा कप्तान देव खनालको हातबाट क्याच आउट गराए। 

दीपेशले आफ्नो स्पेलमा ३४ रन खर्चेर १ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .