ad ad

खेल


एनएसएल : इलाम र पोखराबीचको पहिलो हाफ गोलरहित बराबर

एनएसएल : इलाम र पोखराबीचको पहिलो हाफ गोलरहित बराबर

नेपालखबर
मंसिर २०, २०८० बुधबार १७:५७, काठमाडौँ

दशरथ रंगशालामा जारी नेपाल सुपर लिगको दोस्रो संस्करण अन्तर्गत स्पोर्टिङ्ग इलाम एफसी र पोखरा थन्डर्स बीचको खेल पहिलो हाफमा गोलरहित बराबरीमा सकिएको छ।

खेलको सुरुवाती समयदेखि नै इलामले बलमा आफ्नो प्रभुत्व जमाएको थियो। सुरुवाती समयदेखि नै पोखरालाई दबाबमा राखेको  पूर्वेली टोलीले खेलमा गोल भने गर्न सकेन।

उता पोखराले भने खेलमा अवसर सृजना गर्न पहिलो हाफको आधा समय नै कुर्नु परेको थियो। 

चौथो मिनेटमा इलामका ओमार थिओमको लङ९रेन्ज प्रहारले पोस्टको दिशा लिएन। छैठौं मिनेटमा इलामले राम्रो मौका गुमाउन पुग्यो। जिते इब्राहीमको क्रसमा थिओमको हेडर पोस्टको माथिबाट बाहिरियो। 

अर्को मिनेटमा इब्राहीमकै क्रस एन्जल महर्जनले क्लियर गरे। १३औँ मिनेटमा फोडे कमाराको क्रस पोस्टको छेउबाट बाहिरियो।

२०औँ मिनेटमा आएर पोखराले खेलमा पहिलो अवसर सृजना गर्यो तर दिपेश आले मगरको क्रसमा स्टेफन अन्नोरले हेडर प्रहार गर्न सकेनन्।

२३औँ मिनेटमा इब्राहीमको फ्रिकिक प्रहार पोखराका गोलरक्षक यभ्स प्रिसोले सहजै समाते। 

३०औँ मिनेटमा इलामले ठूलो मौका खेरा फाल्यो। अमाथ एनडवको थ्रु९पासमा कमाराले गरेको प्रहार प्रिसोले बचाए। ३६औं मिनेटमा पोखराका सुरज जिउ ठकुरीको क्रस सुरज बस्नेतले क्लियर गरिदिए। 

इलाम तीन खेलमा एक जित र दुई हार सहित तीन अंक जोड्दै सातौं स्थानमा रहेको छ। पोखरा भने तीन खेलमा एक जित र दुई बराबरी सहित पाँच अंक जोड्दै चौथो स्थानमा छ । 
थपिएको समयमा थिओमको बक्स बाहिरबाट लिएको प्रहार सिधै प्रिसोको हातमा जन पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .