ad ad

खेल


एनएसएल : विमलको गोलमा चितवनलाई अग्रता

एनएसएल : विमलको गोलमा चितवनलाई अग्रता

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १८:२२, काठमाडौँ

फरवार्ड बिमल घर्तिमगरको गोलमा एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शुक्रबार जारी खेलमा विरगञ्ज युनाइटेड एफसीविरुद्ध सुरुआती अग्रता बनाएको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा खेलको पहिलो हाफ सकिदा चितवनले १–० ले अग्रता लिएको छ। 

खेलको २९औं मिनेटमा विमल घर्तिमगरको गोलमा चितवनले अग्रता बनाएको हो। अष्टे«लियाबाट आइकोनिक खेलाडीका रुपमा एनएसल खेल्न फर्किएका विमलले विरगञ्जका गोलरक्षक दिप कार्कीलाई छलाउँदै अघि बढाएको बलमा विमलले सहज गोल गरेका थिए। 

त्यसअघि २३ औं मिनेटमा टोरिक जेब्रिनको फ्रिकीक प्रहार विरगञ्जका गोलरक्षक दिप कार्कीले पञ्च गर्दै बचाए। 

३२ औं मिनेटमा राफिक अमिनुको प्रहार विरगञ्जका गोलरक्षक दिपले बचाए। ४१ औं मिनेटमा चितवनका टोरिक जेब्रिनको कर्नर गोलरक्षक दिपले पन्च गर्दै जोगाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .