ad ad

राजनीति


ठूला दलको नेतृत्वमा इच्छाशक्ति नहुँदा जनतामा निराशा छायो : कोइराला

ठूला दलको नेतृत्वमा इच्छाशक्ति नहुँदा जनतामा निराशा छायो : कोइराला

नेपालखबर
मंसिर १५, २०८० शुक्रबार १८:२५, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सबै ठूला राजनीतिक दलको नेतृत्वमा बस्नेहरूमा इच्छाशक्ति नभएकै कारण जनतामा निराशा छाएको बताएका छन्।

नेताहरूकै आचरणका कारण जनतामा चरम निराशा छाएको कोइरालाले बताए।

जनतालाई आशा जगाउने र हाम्रै नेताहरूले देश बनाउन सक्छन् भन्ने सन्देश दिनु अहिलेको आवश्यकता भएको उनको भनाई थियो।

राजनीतिक दलको नेतृत्वमा बस्नेहरुले कुनै कालखण्डमा देश र प्रजातन्त्रको लागी राम्रो काम गरेको बताउँदै कोइरालाले भने, ‘अब जनतामा आशा जगाउन र देशलाई नयाँ ढंगले समृद्धिको बाटोमा लैजान उहाँहरूले ससम्मान पुर्वक नेतृत्व छाड्नुपर्छ।’ 

नेपाली कांग्रेस नवलपरासी पश्चिमको प्रथम जिल्ला सम्मेलनलाई परासीमा सम्बोधन गर्दै नेता कोइरालाले गुट र उपगुटको चौघेरामा रमाउँन छाडेर जनताका पक्षमा रचनात्मक काम गर्न कार्यकर्तालाई आग्रह समेत गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .