ad ad

खेल


आईलिगमा जितसँगै अनिताको टोली शीर्ष स्थानमा

आईलिगमा जितसँगै अनिताको टोली शीर्ष स्थानमा

नेपालखबर
माघ १९, २०७६ आइतबार ८:३०,

भारतीय महिला लिगमा राष्ट्रिय टोलीकी मिडफिल्डर अनिता बस्नेत सम्मिलित सेथु एफसीले तेस्रो जित निकालेको छ। जितसँगै सेथु समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ।

लिगका ३ खेलमा जित र १ मा हार भोगेको सेथु ९ अंकका साथ शीर्षमा उक्लेको हो। एक खेल कम खेलेको कृप्सा एफसी समान ९ अंकमा दोस्रो स्थानमा छ।

आइतबार भएको खेलमा सेथुले किक स्टारलाई ३–० ले हराउँदै लिगको अंक तालिकामा ३ अंक जोडेको छ। पहिलो हाफमा २–० ले अग्रता बनाएको सेथुले दोस्रो हाफमा १ गोल थपेको थियो।

खेलको १२औं मिनेटमा सन्ध्याले गोल गर्दै सेथुलाई अग्रता दिलाएकी थिइन्। ३९औं मिनेट सुमित्राले गोल गर्दै अग्रता दोब्बर पारिन्। खेलको ९० मिनेटमा सेथुकी सुमित्राले ले १ गोल थपेसँगै ३–० को विजय पाएको थियो।

२ मा जित र २ मा हार भोगेको किकस्टार ६ अंकमा तेस्रो स्थानमा छ।

समुह बी मा रहेको सावित्रा भण्डारी सम्मिलीत गोकुलम केरला एफसी ९ अंकमा शीर्ष स्थानमा छ। समुह बीमा रहेको सावित्राको टोली अपराजित रहेको छ। केन्क्रे एफसी ६ अंकमा दोस्रो र श्रीभुमी ४ अंकमा तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .