खेल


फिफा विश्वकप छनोटमा आज नेपाल यमनसँग भिड्दै

फिफा विश्वकप छनोटमा आज नेपाल यमनसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
मंसिर ५, २०८० मंगलबार ८:३८, काठमाडौँ

फिफा विश्वकप छनोट २०२६ र एसियन कप २०२७ अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले आज मंगलबार यमनसँग खेल्दै छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल साँझ ७ बजे सुरु हुनेछ।

नेपालले यसअघि साँझको खेल साढे ५ बजे खेल्ने गरेको थियो।

टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसेको आग्रहमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल साँझ ७ बजेका लागि तय गरेको हो।

दोस्रो चरणको छनोट अन्तर्गत नेपालले पहिलो होम खेल्न लागेको हो। 

यसअघि लेगको पहिलो अवे खेलमा यूएईसँग ४–० ले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्ने योजनामा हुनेछ। 

नेपाल रहेको समूह एचमा यमनसँगै बहराइन र यूएई छन्। 

होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ। 

समूहको शीर्ष २ मा रहने टोली विश्वकप छनोटको तेस्रो चरणमा प्रवेश गदा एएफसी एसियन कपमा समेत छनोट हुनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .