खेल


नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)

नेपाल मेरो आँधी हेर्न तयार हुनुस्: क्रिस गेल (भिडियो)

नेपालखबर
माघ १६, २०७६ बिहिबार १२:१५,

नेपालमा खेल्ने भएपछि वेस्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले आफ्नो आँधी हेर्न तयार हुन सबैलाई अनुरोध गरेका छन्।

आगामी चैत्रमा कीर्तिपुर मैदानमा हुने एभरेष्ट प्रिमियर लिग(ईपीएल)मा क्रिस गेलले खेल्ने भएका हुन्। गेलले इपिएलको चौथो संस्करणमा पोखरा राइनोजबाट खेल्ने भएका हुन्। पोखराले बिहीबार पत्रकार सम्मेलनमार्फत गेललाई अनुबन्ध गरेको खुलाएको हो।

पत्रकार सम्मेलनमा प्रस्तुत गरिएको भिडियोमा गेलले आफू टि-२० क्रिकेटको बादशाह भएको उल्लेख गर्दै आफ्नो आँधी हेर्न तयार हुन भनेका छन्।

याे पनिः
 टि २० का ‘बादशाह’ गेलः जसले आइपीएलको एकै ओभरमा ३७ रन जोडे

'सबैजना मेरो टिम पोखरा राइनोजको सपोर्ट गर्न आइदिनुहोला। सबैजना गेलको आँधी हेर्न तयार हुनुस्,' गेलले भिडियोमा भनेका छन्।

भिडियाेः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad