ad ad

खेल


गुल्सन झा उत्कृष्ट खेलाडी घोषित, पाए मोटरसाइकल

गुल्सन झा उत्कृष्ट खेलाडी घोषित, पाए मोटरसाइकल

तस्बिर : सरोज नेपाल


नेपालखबर
कात्तिक १९, २०८० आइतबार १५:३४, काठमाडौँ

नेपालका तीव्र गतिका बलर गुल्सन झा आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट खेलाडी घोषित भएका छन्। 

प्रतियोगितामा उत्कृष्ट भएका गुल्सनले मोटरसाइकल पाए। गुल्सनले प्रतियोगिताभर ७९ रन र ५ विकेट लिएका थिए। 

ओपनर कुशल भुर्तेल भने उत्कृष्ट ब्याटर घोषित भए। घरेलु मैदानमा भएको प्रतियोगितामा कुशलले ५ खेलमा १ सय ८५ रन बनाएका थिए। 

ओमानका विलाल खान उत्कृष्ट बलर घोषित भए। विलालले ५ खेलमा ११ विकेट लिएका थिए। 

आइतबार भएको फाइनलमा ओमानले सुपर ओभरमा नेपाललाई पराजित गर्दै उपाधि जितेको थियो। 

नेपाल र ओमान दुवैले फाइनल पुग्दै सन् २०२४ मा हुने आईसीसी टी२० विश्वकपमा स्थान बनाइसकेका छन्।

शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेटले र ओमानले बहराइनलाई १० विकेटले हराउँदै टी–२० विश्वकपमा स्थान बनाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .