ad ad

कला


भूकम्पीडितलाई सेलिब्रेटीले गरे सहयोगको घोषणा, कसले कति?

भूकम्पीडितलाई सेलिब्रेटीले गरे सहयोगको घोषणा, कसले कति?

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १५:४१, काठमाडौँ

नेपाली सेलिब्रेटीहरू पनि भूकम्पपीडितको सहयोगमा जुटेका छन्। चलचित्रदेखि साँगीतिक क्षेत्रका सेलिब्रेटीहरुले सामाजिक सञ्जालमार्फत सहयोग घोषणा गरिरहेका छन्।

निर्माता तथा निर्देशक सन्तोष सेनले आशुसेन फिल्म्समार्फत आइतबार प्रधानमन्त्री राहत कोषमा ६१ हजार ५ सय रुपैयाँ दिएका छन्। साथै उनले शोकको समयमा आज सार्वजनिक गर्ने भनिएको नयाँ फिल्म ‘बलिदान’ को पहिलो टिजर केही समयका लागि स्थगित गरेका छन्।

अभिनेता पल शाहले पनि भूकम्पपीडितलाई ५० हजार सहयोग दिने घोषणा गरेका छन्। साथै, आफ्नो टिम नेपाल पनि राहत र स्वास्थ्य टोलीसहित जाजरकोट गइसकेको फेसबुकमा उल्लेख गरेका छन्।
 

त्यसैगरी, गायक सञ्जय श्रेष्ठले पनि आफ्नो गीतको युट्युबबाट हुने सम्पूर्ण कमाई भूकम्पपीडितलाई सहयोग गर्ने फेसबुकमार्फत घोषणा गरेका छन्।

चर्चित टिकटकर अशु वर्माले पनि टिकटकमार्फत एक भिडिओ अपलोड गर्दै आफूले भूकम्पपीडितलाई सक्दो सहयोग गर्ने उल्लेख गरेका छन्।

पप गायक सुनील सिंह ठकुरीले पनि कन्सर्टबाट उठेको पैसा भूकम्पपीडितलाई सहयोग गर्ने भएका छन्। आगामी २४ गते उनको गृह जिल्ला बाँकेमा हुने ओपन कन्सर्टबाट उठ्ने रकम जाजरकोट र रुकुमका भूकम्पपीडितलाई दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .