ad ad

खेल


दीपेन्द्रले यूएईविरुद्धको सेमिफाइनल खेल्ने सम्भावना

दीपेन्द्रले यूएईविरुद्धको सेमिफाइनल खेल्ने सम्भावना

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १६:२२, काठमाडौँ

राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीले आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको सेमिफाइनल खेल खेल्ने सम्भावना बढेको छ। 

यसअघि छनोटको पहिलो खेल अन्तर्गत सिंगापुरविरुद्धको खेलअघि भएको अभ्यासका क्रममा उनको बाँया खुट्टाको एंकलमा चोट लागेको थियो। 

चोटपछि उनले एसिया छनोटको फाइनलका सबै खेल गुमाउने भनिएपनि ओमानविरुद्धको खेलअघि अभ्यासमा देखिएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ओमानविरुद्धको खेल चलिरहँदा दिपेन्द्रले नेट अभ्यास गर्न पुगेका थिए। पछिल्लो समय उच्च लयमा देखिएका ऐरी छनोट खेल अघि नै चोट बोक्न पुगेका थिए। 

मुख्य प्रशिक्षक मोन्टी देसाई‌ंले दीपेन्द्रलाई सेमिफाइनलमा खेलाउने सम्भावना बढी छ। किनभने उनको खुट्टामा चोट भइरहँदा पनि प्रशिक्षक देसाईंले उनको स्थानमा अन्य खेलाडी प्रतिस्थापन गरेका छैनन्।

यसअघि राष्ट्रिय टोलीकै स्पिनर सन्दीप लामिछानेले दीपेन्द्र करिब डेढदेखि २ महिना मैदान बाहिर रहन सक्ने बताएका थिए। 

मंगलबार मलेसियासँगको खेलपछि पत्रकारसँग कुरा गर्दै सन्दीपले आफुहरू विश्वकपमा पुगेर दीपेन्द्रलाई गिफ्ट दिन चाहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .