ad ad

खेल


आईसीसी टी-२० विश्वकप छनोट : नेपालले पहिले बलिङ गर्ने

आईसीसी टी-२० विश्वकप छनोट : नेपालले पहिले बलिङ गर्ने

फाइल तस्बिर


नेपालखबर
कात्तिक १३, २०८० सोमबार ८:३८, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सिंगापुरविरुद्ध हुने खेलमा घरेलु टोली नेपालले पहिले बलिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको हो। 

नेपाली टोलीमा त्रिकोणात्मक सिरिज खेल्ने टोलीबाट एक खेलाडी परिवर्तन भएको छ। 

एसिया क्षेत्र छनोटमा स्पिनर सन्दीप लामिछाने टोलीमा फर्किदा ललित राजवंशी बेन्चमा बस्ने भएका छन्। 

उपाधिको दाबेदार मानिएको नेपाल सिंगापुरलाई हराउँदै टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सुरुआत गर्न चाहन्छ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया छन्। समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन्। समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन्। 

फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन्। 

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछ। 

नेपालले सूहह चरणका सबै खेल त्रिवि मैदानमा खेल्नेछ। 

नेपालको सुरुवाती ११ खेलाडी
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा।

नेपालले दोस्रो खेल मंगलबार मलेसियासँग खेल्नेछ। समूह चरणको अन्तिम खेलमा बिहिबार ओमानसँग खेल्ने तालिका छ। 

प्रतियोगिताका खेलहरु कात्तिक १३ देखी १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .