ad ad

खेल


आईसीसी विश्वकप : दक्षिण अफ्रिकालाई पाकिस्तानले दियो २ सय ७१ रनको लक्ष्य

आईसीसी विश्वकप : दक्षिण अफ्रिकालाई पाकिस्तानले दियो २ सय ७१ रनको लक्ष्य

नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार १८:२३, काठमाडौँ

आईसीसी एकदिवसीय विश्कप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकासामु पाकिस्तानले २ सय ७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस जितेर ब्याटिङ गरेको पाकिस्तानले ४६.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७० रन बनाएको हो। 

पाकिस्तानका लागि कप्तान बाबर आजम र साउद सकिलले अर्धशतकीय पारी खेले। बाबरले ५० रनको योगदान गरे। सकिलले ५२ रन बनाए। 

त्यस्तै, शादाब खानले ४३ र मोहम्मद रिजवानले ३१ रन बनाए। त्यस्तै, मोहम्मद नवाजले २४ रन बनाए। 

दक्षिण अफ्रिकाका लागि टबरेज शाम्सीले ४ विकेट लिए। मार्को यानसेनले ३ र जेराल्ड कोटजीले २ विकेट लिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .