फिफा विश्वकप छनोट अन्तर्गत पहिलो चरणको दोस्रो लेगमा लाओसविरुद्ध नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ। लाओसको नेशनल स्टेडियममा हुने खेल पौने ६ बजे सुरु हुनेछ।
टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले पहिलो लेगबाट तीन खेलाडी परिवर्तन गरेका छन्।
डिफेन्समा पहिलो लेगकै खेलाडीले निरन्तरता पाउँदा मिडफिल्डर र फरवार्ड लाइनमा खेलाडी परिवर्तन गरेका छन्।
नेपाली टोलीको आक्रमणको जिम्मा अञ्जन विष्ट, जिलेस्पी जंग कार्की र मनिष डाँगीलाई दिइएको छ।
मिडफिल्डमा एरिक विष्ट, लाकेन लिम्बु, उत्सव राई, दिनेश हेन्जनले सम्हाल्नेछन्।
डिफेन्समा अनन्त तामाङ, सनिस श्रेष्ठ र रोहित चन्द रहनेछन्। गोलरक्षकमा कप्तान किरण कुमार लिम्बु नियमीत छन्।
नेपालको सुरुआती ११ः
गोलरक्षकः किरण कुमार लिम्बु (कप्तान)
मिडफिल्डरः लाकेन लिम्बु, उत्सव राई, दिनेश हेन्जन
फरवार्डः जिलेस्पीजंग कार्की, अञ्जन विष्ट, मनिष डाँगी
Shares

प्रतिक्रिया