ad ad

खेल


विश्वकप छनोट : दोस्रो लेग पनि बराबरी भए खेल अतिरिक्त समयमा धकेलिने

विश्वकप छनोट : दोस्रो लेग पनि बराबरी भए खेल अतिरिक्त समयमा धकेलिने

नेपालखबर
असोज २६, २०८० शुक्रबार १२:४८, काठमाडौँ

फिफा विश्वक छनोट एसिया क्षेत्र छनोटको दोस्रो लेगमा पनि लाओससँग बराबरी खेले नेपाल बाहिरिने छैन। 

दोस्रो लेगमा निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले बराबरी खेले ३० मिनेट थप गरिनेछ। 

३० मिनेटमा पनि खेल बराबरी भए खेलको निर्णय टाइब्रेकरबाट लिइनेछ। 

नेपालले पहिलो चरणको छनोट अन्र्तगत पहिलो लेगको खेलमा घरेलु मैदानमा लाओससँग १–१ को बराबरी खेलेको थियो। 

खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफमा बराबरी गोल फर्काएको थियो। 

अबे खेलमा १ गोल गरेको लाओसले त्यसको फाइदा भने लिन नपाउने भयो। 

यसअघि दुई लेगमा बराबरी भएको खण्डमा अवे गोलको नियम अनुसार जुन टोलीले विपक्षीको मैदानमा सर्वाधिक गोल गरेको छ, त्यही टोलीले जित हात पार्ने नियम थियो। 

यस्तो अवस्थामा लाओसको घरेलु मैदानमा हुने खेल बराबरी भए अवे गोलको आधारमा लाओस विजयी बन्दै दोस्रो चरणमा जाने थियो। 

तर फिफाले यो पटकको विश्व कप छनोटमा यो नियम हटाएको छ। त्यसैले दोस्रो लेग पनि बराबरी भएपनि नेपालको दोस्रो चरण प्रवेशको सम्भावना जिवितै छ। 

दोस्रो लेगमा बराबरी भए खेलमा ३० मिनेटको थप समयमा खेलाइने छ। थप समयमा पनि बराबरी भए खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइनेछ। 

एसियाली छनोटको पहिलो चरणको दोस्रो लेग असोज ३० गते मंगलबार लाओसमा हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .