ad ad

खेल


रोहितको कीर्तिमानी शतकमा अफगानिस्तानमाथि भारतको सानदार जित

रोहितको कीर्तिमानी शतकमा अफगानिस्तानमाथि भारतको सानदार जित

नेपालखबर
असोज २४, २०८० बुधबार २१:३६, काठमाडौँ


भारतीय  टोलीका कप्तान रोहित शर्माको कीर्तिमानी शतकमा आईसिसी विश्वकप क्रिकेटमा घरेलु टोली भारतले अफगानिस्तानमाथि सानदार जित दर्ता गरेको छ। 

बुधबार भएको खेलमा भारतले आफगानिस्तनमाथि ८ विकेटको फराकिलो जित निकालेको हो। अफगानिस्तानले दिएको २ सय ७३ रनको लक्ष्य भारतले ९० बल अगावै २ विकेटको क्षतिमा भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर तथा कप्तान रोहित शर्मा र इशान किसानले १ सय ५६ रनको साझेदारी गरेपछि भारत सहज जित नजिक पुगेको थियो। 

कप्तान शर्माले ८४ बलमा १६ चौका र ५ छक्कासहित १ सय ३१ रनको सानदार पारी खेले। कप्तान रोहित शर्मा १ सय ३१ रनमा रसिद खानको बलमा बोल्ड आउट भए। 

विश्वकपमा रोहितको यो सातौं शतक हो। विश्वकपमा सर्वाधिक शतक प्रहार गर्ने खेलडी बनेका छन्। ओपनर इशान किसान ४७ रनमा क्याच आउट भए। उनले ४७ बलमा ५ चौका र २ छक्का हाने। 

विराट कोहली ५५ र श्रेयाश ऐर २५ रनमा नटआउट रहे। 

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७२ रनको योगफल तयार पारेको थियो। 

अफगानिस्तानका कप्तान हस्मतुल्लाह शाखिदीले सर्वाधिक ८० रनको योगदान दिए। अज्मतुल्लाह ओमारजाइ ६२ रनमा बोल्ड आउट भए। 

भारतका लागि जसप्रित बुमराहले सर्वाधिक ४ विकेट लिए। हार्दिक पाण्ड्याले २ विकेट आफ्नो नाममा गरे। सार्दुल ठाकुर र कुलदिप यादवले समान एक विकेट लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .