समाज


प्रधान सेनापति शर्माद्वारा बेलायतमा ‘एक्सरसाइज क्याम्ब्रिन पेट्रोल’का सहभागीलाई पुरस्कार वितरण

नेपाली सेनाले पायो रजत
प्रधान सेनापति शर्माद्वारा बेलायतमा ‘एक्सरसाइज क्याम्ब्रिन पेट्रोल’का सहभागीलाई पुरस्कार वितरण

नेपालखबर
असोज २३, २०८० मंगलबार १८:५१, काठमाडौँ

प्रधान सेनापति प्रभुराम शर्माले संयुक्त अधिराज्यको वेल्स, ब्रेकनस्थित सिन्निब्रिज ट्रेनिङ एरियामा सञ्चालन भईरहेको प्रतिस्पर्धात्मक एक्सरराइज क्याम्ब्रिन पेट्रोलमा सहभागी टोलीहरूलाई पदक तथा प्रमाण–पत्र वितरण गरेका छन्।

नेपाली सेना लगायत क्यानडा, मेसोडोनिया, कतार, फिलिपिन्स र बेलायती सेना सहभागी सो प्रतिस्पर्धामा नेपाली सेनाले रजत पदक प्राप्त गरेको छ।

असोज १९ गतेदेखि सञ्चालित प्रतिष्पर्धा २२ गतेसम्म चलेको थियो।

विशेष गरी पैदल फौजको पेसागत ज्ञान, सीप, रणकौशल, शारीरिक सहिष्णुताका साथै व्यक्तिगत एवं सामूहिक रूपमा गरिने फौजी कारबाहीको स्तर जाँच तथा मूल्याङ्कन गरिने उक्त अभ्यासमा भाग लिने टोलीले ४८ घण्टाको समयावधिभित्र हतियार तथा ३२ केजी तौल बराबरको उपकरण एवं बन्दोबस्ती सामग्रीसहित करिब ६५ किलोमिटरको दुरी पुरा गर्नुपर्दछ।

अभ्यासमा ७५ प्रतिशत भन्दा बढी अङ्क प्राप्त गर्ने टिमलाई स्वर्ण पदक, ६५ देखि ७४.९ प्रतिशत अङ्क प्राप्त गर्ने टिमलाई रजत पदक र ५५ देखि ६४.९ प्रतिशत अङ्क प्राप्त गर्ने टिमलाई कांस्य पदक प्रदान गरिन्छ।

सन् १९६० बाट वार्षिक रूपमा बेलायतमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रियस्तरको यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ बाट भाग लिँदै आइरहेको छ।

यस वर्षको ‘एक्सरसाइज क्याम्ब्रिन पेट्रोल’मा विभिन्‍न ३१ राष्ट्रका ३८ वटा अन्तर्राष्ट्रिय टिमका साथै कुल १११ वटा टिम सहभागी छन्। हालसम्म नेपाली सेनाको टोलीले उक्त प्रतिस्पर्धात्मक अभ्यासमा स्वर्ण–२, रजत–३ र कांस्य–२ गरी कुल ७ पदक प्राप्त गरिसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .