खेल


घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि प्रतिभाले ९ महिना नखेल्ने

घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि प्रतिभाले ९ महिना नखेल्ने

नेपालखबर
माघ १४, २०७६ मंगलबार १०:५७,

राष्ट्रिय भलिबल टोली तथा न्यु डायमन्डकी महत्वपूर्ण सदस्य प्रतिभा माली ९ महिना कोर्ट बाहिर हुने भएकी छन्।

उनको बायाँ घुँडाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनी ९ महिना कुनै पनि खेलमा सहभागी नहुने भएकी हुने डायमन्डका प्रशिक्षक कुमार राईले प्रतिभाले ९ महिनासम्म कुनै पनि प्रतियोगितामा सहभागी नहुने जानकारी दिए।

आरबीबी एनभीए क्लब च्याम्पियनसिप अन्तर्गत शुक्रबार एपीएफविरुद्धको फाइनल खेलमा घाइते भएकी प्रतिभा त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार गराइरहेकी छिन्।

सिनियर अर्थोपेडिक सर्जन डा. प्रज्वलमान श्रेष्ठको नेतृत्वमा प्रतिभाको उपचार भइरहेको छ।

प्रतिभाको घुँडामा एसीएल इन्जुरी, मिडियल मेनिस्कस टेयर र मिडियल कोल्याट्रल इन्जुरी भएको अस्पतलाले जनाएको छ। पुरानै अवस्थामा खेल्नका लागि प्रतिभालाई ८ देखि ९ महिना लाग्न सक्ने डाक्टरहरुले बताएका छन्।

फाइनल खेलको तेस्रो सेटमा स्कोर २२–२० को स्थितिमा रहँदा स्पाइक प्रहार गरेपछि ल्यान्डिङ नमिल्दा उनको घुँडामा चोट लागेको थियो। मैदानमा लड्ने बित्तिकै निकै पीडा महसुस गरेपछि उनलाई स्ट्रेचरमा अस्पताल लागिएको थियो।

सुरुवाती एक्सरे रिपोर्ट अनुसार उनको घुंडाको हड्डीमा कुनै समस्या देखिएको थिएन। घँडामा रगत जमेका कारण सोमबार मात्र उनको एमआरआई गिरिएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad