कला


हेरिटेज पेजेन्टस् २०२० सुरु

हेरिटेज पेजेन्टस् २०२० सुरु

नेपालखबर
माघ १४, २०७६ मंगलबार १०:५५,

अन्तर्राष्ट्रिय सौदर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्टस्’को नयाँ संस्करण सुरु भएको छ। आयोजक इप्लानेट प्रा.लिले मंगलबार एक विज्ञप्ति जारी गर्दै ‘हेरिटेज पेजेन्टस २०२०’को आवेदन खुल्ला भएको जनाएको हो।

सौन्दर्य प्रतियोगिता मार्फत युनेस्कोको ऐतिहासिक र महत्वपूर्ण सम्पदा सूचिमा परेका विश्वका विभिन्न मुलुकका सम्पदा र संस्कृतिको जगेर्ना तथा प्रवद्र्धन गर्ने उदेश्यले प्रतियोगिता नियमित आयोजना हुँदै आएको हो। प्रतियोगिताका सहभागी र विजेताको दायित्व, कर्तब्य सम्बन्धित मुलकका साथै विश्वका, कला, संस्कृति, सम्पदा, पर्यटन, वातावरण र शान्तिका लागि काम गर्नु रहेको छ।

यस पटकको ‘हेरिटेज् पेजेन्टस् २०२०’ अन्तर्गत मिस हेरिटेज इन्टरनसनल र मिसेस् हेरिटेज इन्टरनेसनल २०२० को दुई उपाधि लागि प्रतिस्पर्धा हुनेछ। नेपाल लगायत विश्वका ४० मुलुकका पचास प्रतिस्पर्धीहरुको सहभागीता रहेने प्रतियोगीतामा यो बर्ष मलेसियामा आउँदो अप्रिल ११ देखि २० अप्रिलसम्म आयोजना हुनेछ।
प्रतियोगिताको फाइनल प्रतिस्पर्धा १८ अप्रिलमा एक भब्य समारोहका बिच आयोजना हुनेछ।

प्रतियोगितामा सहभागीका लागि मिस तर्फ १८ देखि २७ र मिसेस् तर्फ २० देखि ४५ वर्ष उमेर हद तोकिएको आयोजक संस्थाका अध्यक्ष सन्तोष सापकोटाले बताए।सिंगापुरका सुसान कोहको संयोजन  रहने प्रतियोगिताका लागि नेपालबाट संचारकर्मी एवं इन्टरनेसनल कोरियोग्राफर रोजिन शाक्य कोरियोग्राफर रहने छन्, भने बलिउड कोरियोग्राफर सिम्रन डिन्ज अहुजाको पनि प्रतियोगिताको कोरियोग्राफी रहने आयोजले जनाएको छ।

सौन्दर्य प्रतियोगिताको आयोजना एवं व्यवस्थापनमा आफ्नो छुट्टै पहिचान बनाएर राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जगतमा समेत आफ्नो उपस्थिति जनाउन सफल ईप्लानेट प्रा.लिले ‘बुद्ध र सगरमाथा नेपालीको पहिचान, सम्पदा, संस्कृति, पर्यटन प्रवद्र्धन र सम्वद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराका साथ ‘मिस हेरिटेज इन्टरनेसल’ २०१४मा थालनी गरेको थियो। ‘हेरिटेज् पेजेन्टस् २०२०’ त्यस्को निरन्तरता हो।

नेपाल लगायत भारत, बंगलादेश, थाइल्याण्ड, म्यानमार, सिंगापुर, सियरालियन, जिम्बावे, जाम्बिया, उगाण्डा, रसिया र बेलारुस गरी १२ राष्ट्रका सुन्दरीहरुको सहभागिताबाट सुरु भएको यो प्रतियोगिताको अधिल्लो श्रृखलामा ४० देशको सहभागीता रहेको थियो।  ‘मिस हेरिटेज इन्टरनेशनल’को पहिलो संस्करण नेपालमा, दोस्रो भारतको नयाँदिल्ली, तेस्रो श्रीलंकामा, चौथौं र पाँचौ सिंगापुरमा सम्पन्न भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad