ad ad

खेल


विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग ९९ रनले हार्‍यो नेदरल्यान्ड्स

विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग ९९ रनले हार्‍यो नेदरल्यान्ड्स

रासस
असोज २३, २०८० मंगलबार ७:१४, काठमाडौँ

आईसीसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराएको छ। न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो। न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले हराएको थियो। नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्तानसित ८१ रनले हराएको थियो। 

भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो। न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो। तीन सय २३ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सको पारी ४६ दशमलव तीन ओभरमा दुई सय २३ रनमा समेटियो। 

यसअघि न्युजिल्यान्डका लागि ब्याटिङ गर्ने क्रममा विल योङले सर्वाधिक ७० रनको योगदान दिए। उनले ८० बलमा दुई छक्का र सात चौका हाने। यस्तै कप्तान टम लाथमले ४६ बलमा एक छक्का र ६ चौकासहित ५३, रचिन रवीन्द्रले ५१ बलमा तीन चौका र एक छक्कासहित ५१, डार्यल मिचेलले ४७ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४६ तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाए। उनले १७ बल खेल्ने क्रममा दुई छक्का र तीन चौकासमेत हिर्काए। यसैगरी डेभन कन्वेले ४० बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ३२३ रनको योगदान दिए। 

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले दुई दुई तथा बास डी लिडेले एक/एक विकेट लिए।

दुई सय २३ रन बनाउने क्रममा नेदरल्यान्ड्सका कोलिन एक्रिमनले ६९ रन बनाए। उनले ७३ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे। कप्तान स्कट एडवार्डस्ले ३०, शाइव्रान्ड इन्जिेलव्रेच्डले २९, तेजा निदाममनरुले २१, बास डी लिडेले १८, म्याक्स ओडाउडले १६, विक्रमजित सिंहले १२ तथा आर्यन दत्तले ११ रन बनाए। 

बलिङतर्फ मिचेल शान्टनरले पाँच, म्याट हेनरीले तीन तथा रचिन रवीन्द्रले एक विकेट लिए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .