खेल


लिभरपुल र ब्राइटनको रोमाञ्चक बराबरी

लिभरपुल र ब्राइटनको रोमाञ्चक बराबरी

नेपालखबर
असोज २२, २०८० सोमबार ९:४, काठमाडौँ

इंग्लिस प्रिमियर लिगमा लिभरपुल र ब्राइटनले रोमाञ्चक बराबरी गरेका छन्। 

आइतबार राति ब्राइटनको घरेलु मैदान एमेक्स स्टेडियममा भएको खेलमा उनीहरुले २–२ को बराबरी गर्दै अंक बाँडेका हुन्।

बेन डंकको गोलमा ब्राइटन घरेलु मैदानमा हारबाट जोगियो। ब्राइटनका लागि सिमोन अडिनग्रा र बेन डंकले गोल गरे। लिभरपुलका लागि दुवै गोल मोहम्मद सालाहले गरे।

खेलको २०औं मिनेटमा अडिनग्राको गोलमा घरेलु टोलीले सुरुआती अग्रता बनाएको थियो। तर खेलको ४०औं मिनेटमा मोहम्मद सलाहले बराबरी गोल फर्काए। 

पहिलो हाफको इन्ज्युरी समयमा लिभरपुलले पेनाल्टी अवसर पाएको पाएको थियो। जसमा सलाह चुकेनन् र टोलीलाई २–१ को अग्रता दिलाए। 

खेलको ७८औं मिनेटमा ब्राइटनले गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याए। बेन डंकको गोलमा घरेलु टोली हारबाट जोगियो।

बराबरीसँगै ७ खेलमा १७ अंक बनाएको लिभरपुल चौथो स्थानमा छ। ब्राइटन १६ अंकमा छैटाैँ स्थानमा छ।

आइतबार राति नै भएको खेलमा वेस्ट ह्याम र न्युक्यासल युनाइटेडले २–२ र वल्भ्स र एस्टन भिल्लाले १–१ को बराबरी गर्दै अंक बाँडेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .