ad ad

खेल


मालदिभ्सविरुद्ध जारी खेलमा नेपालले गुमायो दुवै ओपनर

मालदिभ्सविरुद्ध जारी खेलमा नेपालले गुमायो दुवै ओपनर

फाइल तस्बिर


नेपालखबर
असोज १४, २०८० आइतबार ७:३३, काठमाडौँ

चीनको हाङजाओमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा अहिले नेपाल माल्दिभ्ससँग खेलिरहेको छ। 

टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले दुवै ओपनर गुमाएको छ।

मालदिभ्सविरुद्ध नेपालले ६.२ ओभरमा २ विकेट गुमाउँदै ५४ रन बनाएको छ।

नेपालका कुशल भुर्तेल १८ बलमा ५ चौका र १ छक्कासहित ३५ रनमा आउट भए भने कुशल तीव्र गतिका बलर मिउभान मोहमदको बलमा एलबीडब्ल्यू आउट भए।

क्रिजमा विनोद भण्डारी १२ र सन्दीप जोरा १ रनमा छन्।

ओपनर आसिफ शेख ८ बलमा १ चौकासहित ६ रनमा आउट भए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .