खेल


सन्दीपको विदाइमा मेलबर्नले लेख्यो: फाइनलमा हामी एकदमै मिस गर्नेछौँ

सन्दीपको विदाइमा मेलबर्नले लेख्यो: फाइनलमा हामी एकदमै मिस गर्नेछौँ

नेपालखबर
माघ १३, २०७६ सोमबार ७:२८,

अष्ट्रेलियन बिग बास क्रिकेट लिग टोली मेलबर्न स्टारले सन्दीप लामिछानेको विदाइ गर्दै फाइनलमा एकदमै 'मिस' गर्ने उल्लेख गरेको छ।

राष्ट्रिय टोलीबाट विश्व क्रिकेट लिग डिभिजन-२ खेल्न सन्दीप सोमबार राति नेपाल पुग्दै छन्।

'एउटा अर्को उत्कृष्ट सिजनका लागि धन्यवाद, सन्दीप। हामी तपाईलाई फाइनलमा खुबै मिस गर्नेछौं। नेपालका लागि शुभकामना।' मेलबर्नले सन्दीपको विदाइमा लेखेको छ।

ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप स्वदेश फर्किएका हुन्। अष्ट्रेलियामा बिग बास लिग खेलिरहेका सन्दीप राष्ट्यि टोलीमा परेपछि सोमबार बेलुका साढे ८ बजे नेपाल आइपुग्ने रमण शिवाकोटीले जानकारी दिए।

आगामी माघ २२ देखि २९ सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक ओडीआई सिरिजका लागि नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा टोलीको घोषणा गरिसकेको छ।
नेपालले एक दिवसीय मान्यता पाएपछि पहिलोपटक घरेलु मैदानमा ओडीआई सिरिज खेल्न लागेको हो।

सन्दीप सम्मिलित मेलबर्न स्टार्स १४ खेलमा १० मा जित र ४ मा हारसहित शीर्ष स्थानमा रहँदै क्वालिफायरमा पुगेको थियो। जारी बिग बासमा सन्दीपले १३ खेलमा १५ विकेट लिएका थिए। योसँगै सन्दीपको टि–ट्वान्टी क्रिकेटमा आफ्नो विकेट संख्या ९९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad