खेल


क्रिकेटमा नेपालले बनायो तीन विश्व कीर्तिमान

क्रिकेटमा नेपालले बनायो तीन विश्व कीर्तिमान

नेपालखबर
असोज १०, २०८० बुधबार ९:५, काठमाडौँ

चीनको हाङजाओमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा मंगोलियाविरुद्ध नेपालले विश्व कीर्तिमान बनाएको छ। 

झेझियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफेङ क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको योगफल तयार पारेको थियो। 

मंगोलियाले नेपालविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेको हो। मंगोलियाविरुद्धको खेलमा नेपालले बनाएका कीर्तिमानहरु यसप्रकार छन् : 

कुशल मल्लको विश्व कीर्तिमान
मंगोलियाविरुद्ध विष्फोटक प्रर्दशन गरेका नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्लले विश्व कीर्तिमानी प्रर्दशन गरे। 

३४ बलमा शतक पूरा गरेका मल्लले दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। 

यसअघि यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलको थियो। भारतिय टोलीका कप्तान रोहित रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रम शेखरले समान ३५ बलमा शतक पूरा गरेका थिए। 

दीपेन्द्रको कीर्तिमानी प्रदर्शन 
आक्रामक अलराउण्डर दिपेन्द्रसिंह ऐरिले ९ बलमा अर्धशतक पूरा गर्दै दुर्लभ विश्व कीर्तिमान आफ्नो नाममा गरेका छन्। 

मंगोलियाविरुद्ध नेपाली टोलीले थुप्रै विश्व कीर्तिमान कायम गर्ने क्रममा दिपेन्द्रले १९ औं ओभरमा लगातार पाँच छक्का हानेका थिए। योसँगै दीपेन्द्रले भारतीय ब्याटर युवराज सिंहको १२ बलको कीर्तिमान तोडे।

दिपेन्द्रको यो विश्व कीर्तिमान तोड्न अन्य ब्याटरलाई मुस्किल पर्नेछ। ऐरि मंगोलियाविरुद्ध १० बलमा ८ चौका हान्दै ५२ रनमा नटआउट रहे। 

यसअघि नेपाल कै युवा ब्याटर कुशल मल्ल र रोहित पौडेलले १९ बलमा अर्धशतक पूरा गर्दै टी २० आई मा सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने ब्याटर बनेका थिए। 

नेपालविरुद्धको खेलबाट कुनै पनि अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेको मंगोलियासामु नेपालले ३ सय १५ रनको कीर्तिमानी लक्ष्य प्रस्तुत गरेको थियो। 

नेपालले टी आई मा इतिहास कै उच्च योगफल हो। यसअघि अफगानिस्तान र चेक रिपब्लिकनले समान २ सय ७८ रनको योगफल तयार पारेका थिए।

नेपालले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा ३ सय १४ रनको विशाल योगफल तयार पारेको थियो।

रोहित र कुशलको साझेदारी
मंगोलियाविरुद्ध कीर्तिमानी प्रर्दशन गर्ने क्रममा तेस्रो विकेटका लागि कुशल मल्ल र रोहित पौडेलले १ सय ९३ रनको कीर्तिमानी साझेदारी गरे। 

कुनै पनि खेलमा तेस्रो विकेटका लागि नेपाली ब्याटरले गरेको यो अहिलेसम्मकै उच्च साझेदारी हो। 

५० बलको सामना गरेका कुशलले ८ चौका र १२ छक्का हान्दै १ सय ३७ रनमा नटआउट रहे। रोहितले २७ बलमा २ चौका र ६ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad