खेल


साफ यू–१९ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल आज भारतसँग भिड्दै

साफ यू–१९ च्याम्पियनसिप : फाइनल प्रवेशका लागि नेपाल आज भारतसँग भिड्दै

फाइल तस्बिर


नेपालखबर
असोज १०, २०८० बुधबार ८:१३, काठमाडौँ

साफ यू–१९ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि उपाधि दाबेदार नेपाल आज भारतसँग भिड्दै छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतिस्पर्धा साँझ साढे ५ बजे सुरु हुनेछ।

आजको खेलमा सुजन डंगोल भने टोली बाहिर रहनेछन्। समूह चरणको अन्तिम खेलमा मालदिभ्सविरुद्ध रातो कार्ड खाएपछि उनले सेमिफाइनल खेल गुमाउने भएका हुन्। 

दुईपटकको च्याम्पियन नेपालले समूह चरणको अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो। 

नेपाल समूह एको उपविजेता र भारत समूह बीको विजेता हुन्। 

भारतले समूह चरणको अन्तिम खेलमा भुटानलाई २–१ ले हराउँदै सेमिफाइलनमा स्थान बनाएको हो। 

आजै हुने पहिलो सेमिफाइनलमा पाकिस्तान र भुटान भिड्नेछन्। खेल सोही रंगशालामा दिउँसो साढे १ बजे सुरु हुनेछ। 

पाकिस्तान समूह एको विजेता र भुटान समूह बीको उपविजेता हुन्। 

फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad