चीनको हाङझाउमा जारी १९ औं एसियाली खेलकुद अन्तर्गत रग्बीका सबै खेलमा नेपाली टोलीले हार ब्यहोरेको छ।
हाइ परफर्मेन्स कमिटिको सिफारिसमा पहिलो पटक एसियाडमा सहभागिता जनाएको रग्बीले खेलेका सबै ६ खेलमा हार भोगेको हो।
रग्बीमा सहभागी १३ टोलीमध्य नेपाल पुछारमा रहेर एसियाड यात्रा सकाएको छ।
समूह चरणको पहिलो खेलमा यूएईसँग ५५–७ ले पराजित नेपाल दोस्रो खेलमा आयोजक चीनसँग ६५–० ले पराजित भयो।
अफगानिस्तानसँगको खेल ४१–० ले गुमायो। फिलिपिन्ससँग ५५–० र थाइल्याण्डसँग ३६–० र स्वतन्त्र खेलाडीको टोलीसँग ६८–० को हार ब्यहोर्न पुग्यो।
36
Shares
प्रतिक्रिया