साफ यू-१९ च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र मालदिभ्स दुवै टोली १० खेलाडीमा समेटिएका छन्।
खेलको ३४ औँ मिनेटमा नेपालका सुजन डंगोल र मालदिभ्सका कप्तान मोहम्मद यान हसनले सिधै रातो कार्ड पाएका हुन्।
मालदिभ्सका खेलाडीले हानेको लङ क्रसमा नेपालका सुजनले मालदिभ्सका मोहम्मदलाई धकेलेका थिए। त्यही क्रममा दुवै खेलाडीबीच झगडा हुँदा रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए।
खेलको पहिलो हाफ जारी रहँदा नेपाल २–० ले अगाडि छ। नेपालका लागि प्रशान्त लक्सन र समिर तामाङले गोल गरे।
असोज ८, २०८०, साेमबार
705
Shares
प्रतिक्रिया