ad ad

खेल


क्यान निर्वाचन : ५० मत गन्दा सचिवमा पारसको २९ र प्रशान्तविक्रमको २१

क्यान निर्वाचन : ५० मत  गन्दा सचिवमा पारसको २९ र प्रशान्तविक्रमको २१

नेपालखबर
असोज ६, २०८० शनिबार १६:४५, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) को शनिबार भएको निर्वाचनको मतगणना जारी छ। काठमाडौंमा जारी मतगणनामा सचिवमा सचिवमा पारस खड्काले अग्रता लिएका छन्। 

जारी मतगणनाको५० भोट गणना हुँदा पारसले २९ र प्रशान्तविक्रमले २१ मत प्राप्त गरेका छन्।

नयाँ नेतृत्वका लागि शनिबार भएको निर्वाचनमा सचिव र सदस्यका लागि मात्र मतदान भएको थियो। 

एक सचिव र १० सदस्यका लागि भएको चुनावी प्रतिस्पर्धामा ८५ जनाले मतदान गरेका छन्।

क्यानका कूल १७ पदमध्ये ६ पदमा निर्विरोध निर्वाचित भएका छन्।

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशन सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का र महिला सदस्यमा जयन्ती देवी भट्ट, कर्णाली प्रदेशबाट श्रीधर केसी, लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया निर्विरोध निर्वाचित भइसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .