नेपाल क्रिकेट संघ (क्यान) को नयाँ नेतृत्वका लागि भइरहेको अधिवेशनमा विवाद बढेपछि झापाका प्रतिनिधि लाक्पा लामालाई बन्द सत्रबाट बाहिर निकालिएको छ। उनलाई प्रहरी लगाएर बाहिर निकालिएको हो।
केन्द्रीय चुनावमा झापाबाट दुई जना प्रतिनिधि भएपछि मताधिकार नै खारेज भएको छ। झापाबाट मनोज कटुवाल र लाक्पा लामा दुई जना प्रतिनिधि आएका थिए।
उनीहरूको मताधिकारलाई लिएर विवाद भएको थियो।
क्यान निर्वाचन : दुईजना प्रतिनिधि आएपछि झापा जिल्लाको मताधिकार खोसियो
जम्मा ८६ जना मतदाता रहेको क्यानमा झापा जिल्ला क्रिकेट संघको मताधिकारलाई लिएर विवाद देखिएको हो।
क्यानको केन्द्रीय निर्वाचनमा झापा जिल्ला क्रिकेट संघबाट दुईजना प्रतिनिधि भएपछि उनीहरु दुवैलाई मताधिकार नदिने निर्णय पनि भएको छ।
कटुवाल र लाक्पा दुवैले मत हाल्न नपाउने भएपछि अब क्यानको निर्वाचनमा ८५ जना मतदाता कायम भएका छन्।
513
Shares

प्रतिक्रिया