युरोपेली च्याम्पियन्स लिगमा रियल मड्रिडले नवप्रवेशी एफसी युनियन बर्लिनविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ।
गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा युनियन बर्लिनलाई रियल मड्रिड १–० अन्तरले हराएको हो।
खेलको इन्ज्युरी समयमा मिडफिल्डर जुड बेलिङघमले गरेको गोल नै रियलका लागि निर्णायक बन्यो।
यसै समरमा रियल पुगेका बेलिङघमले ६ खेलमा छैटौं गोल गरेका हुन्।
समूह सीकै अर्को खेलमा नापोलीले स्पोर्टिङ ब्रगालाई २–१ गोल अन्तरले हराउँदै समुहको शीर्ष स्थानमा छ।
समान ३ अंक भएको रियल दोस्रो स्थानमा छ। यो समूहका स्पोर्टिङ ब्रगा र युनियन बर्लिन अंकविहीन भई तेस्रो र चौथो स्थानमा छन्।
39
Shares
प्रतिक्रिया