ad ad

खेल


आइन्डहोभनलाई हराउँदै युरोपेली च्याम्पियन्स लिगमा आर्सनलको सानदार सुरुवात

आइन्डहोभनलाई हराउँदै युरोपेली च्याम्पियन्स लिगमा आर्सनलको सानदार सुरुवात

नेपालखबर
असोज ४, २०८० बिहिबार १०:२०, काठमाडौँ

पीएसभी आइन्डहोभनविरुद्ध जित दर्ता गर्दै आर्सनलले युरोपेली च्याम्पियन्स लिगमा सानदार सुरुवात गरेको छ।

गएराति भएको खेलमा आर्सनलले घरेलु मैदानमा आफ्नो रवाफ देखाउँदै आइन्डहोभनलाई ४–० को फराकिलो अन्तरले हराएको हो।

आर्सनलको जितमा बुकायो साका, लिआन्ड्रो ट्रोसार्ड, गाब्रियल जेसस र मार्टिन ओडेगार्डले समान एक गोल गरे।

च्याम्पियन्स लिगमा डेब्यु खेल खेलेका बुकायो साकाले आठौं मिनेटमा नै गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। खेलको २०औं मिनेटमा साका कै पासमा ट्रोसार्डले गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। 

एकपक्षीय खेलको ३८औं मिनेटमा जेससले गोल गर्दै पहिलो हाफमा नै टोलीलाई ३–० को आरामदायी अग्रता दिलाए।

खेलको ७०औं मिनेटमा ओडेगार्डले गोल आर्सनललाई ४–० को अग्रता दिलाए। नेल्सनको पासमा ओडेगार्डले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाएका हुन्। 

समूह बीकै अर्को खेलमा सेभिल्ला र लेन्सले १–१ को बराबरी गर्दै अंक बाँडे। 

जितसँगै आर्सनल समुह सी को शीर्ष स्थानमा छ। बराबरी गरेका लेन्स दोस्रो र सेभिल्ला तेस्रो स्थानमा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .