ad ad

खेल


भारतविरुद्ध ५० रनमा समेटिँदा श्रीलंकाले खोस्यो बंगलादेशको रेकर्ड

भारतविरुद्ध ५० रनमा समेटिँदा श्रीलंकाले खोस्यो बंगलादेशको रेकर्ड

नेपालखबर
भदौ ३१, २०८० आइतबार १७:५४, काठमाडौँ

एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत घरेलु भूमिमा भएको फाइनल भिडन्तमा श्रीलंकाले भारतविरुद्ध अहिलेसम्मकै सबैभन्दा कम ५० रनको चुनौती दिएको छ।

यो एक दिवसीय क्रिकेटमा भारतले कुनै पनि टोलीबाट पाएको अहिलेसम्मकै सबैभन्दा कम रनको चुनौती हो।

 यसअघि वान डेमा भारतविरुद्ध सबैभन्दा कम स्कोरको कीर्तिमान बंगलादेशको नाममा थियो।

बंगलादेशको टिमले सन् २०१४ मा ५८ रनमा आउट हुँदा उक्त रेकर्ड बनेको थियो। 

वान डे क्रिकेटमै सबैभन्दा कम स्कोरको रेकर्ड जिम्बाब्वेको नाममा छ। जिम्बाब्वेको टिम सन् २००४ मा श्रीलंकाविरुद्ध ३५ रनमा आउट भएको थियो।

भारतका लागि बलिङमा शानदार प्रदर्शन गर्दै मोहम्मद सिराजले ६ विकेट लिए। हार्दिक पान्ड्याले पनि ३ विकेट झारे। अर्को १ विकेट जसप्रीत बुमराहको नाममा रह्यो। 

पहिले टस जितेर ब्याटिङमा उत्रिएको श्रीलंकालाई भारतले १६ ओभरमै अलआउट गरिदिएर ५० रनमा समेटेको हो।

एसिया कप क्रिकेटको फाइनल भिडन्तमा पहिले ब्याटिङमा जाने निर्णय श्रीलंकाका लागि दुर्भाग्यपूर्ण सावित भएको हो।

श्रीलंकाका दुईजना मात्रै खेलाडीले दोहोरो स्कोर गर्न सके। अब भारतका लागि ५० ओभरमा ५१ रन बनाउनु पर्ने आवश्यक छ। 

भारतीय तीव्र गतिका बलरसामु श्रीलंकाका कुनै पनि ब्याटर टिक्न सकेनन्। टोलीका कुनै पनि खेलाडीले २० रन नघाएनन्। 

कुशल मेन्डिसले सबैभन्दा धेरै १७ रनको पारी खेले। जबकि दुशन हेमन्थले १३ रन बनाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .