ad ad

खेल


वेष्टह्याम युनाइटेडमाथि म्यानचेष्टर सिटीको जित

वेष्टह्याम युनाइटेडमाथि म्यानचेष्टर सिटीको जित

नेपालखबर
भदौ ३१, २०८० आइतबार १२:१४, काठमाडौँ

इग्लिंस प्रिमियर लिगमा वेष्टह्याम युनाइटेडमाथि पूनरागमन जित निकाल्दै म्यानचेष्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायम राखेको छ। 

शनिबार राति भएको खेलको पहिलो हाफमा १–० ले पछि परेको सिटीले दोस्रो हाफमा उत्कृष्ट पूनरागमन गर्दै ३–१ को जित निकालेको हो। 

पहिलो हाफको ३६ औं मिनेटमा वार्ड–प्रोजको हेडर गोलमा वेष्टह्यामले सुरुवाती अग्रता बनाएको थियो। पहिलो हाफमा अग्रता बनाएपनि दोस्रो हाफमा सम्हालिन नसक्दा वेष्टह्यामले हार व्यहोर्न बाध्य भयो। 

खेलको दोस्रो हाफमा सिटीका जेरेमी डोकु, बर्नान्डो सिल्भा र एर्लिङ हालान्डले गोल गरे। 

दोस्रो हाफको ४३ सेकेण्डमा नै अल्भारेजको पासमा डोकुले गोल फर्काउँदै सिटीलाई बराबरीमा ल्याए। डोकुको यो सिटीका लागि पहिलो गोल हो। खेलको ७६ औं मिनेटमा सिल्भाको गोलमा सिटीले २–१ ले अग्रता बनायो। 

अल्भारेजको पासमा सिल्भाले गोल फर्काएको हो। खेलको ८६ र्औं मिनेटमा सिल्भाको पासमा हालान्डले गोल गर्दै सिटीलाई ३–१ को जित दिलाए। 

खेलपछि टोलीका प्रशिक्षक पेप ग्वार्डिओलाले पहिलो हाफमा आफुहरु पछि परेपनि आफुहरुका लागि सबै खेल उत्कृष्ट भएको बताए। 

‘दोस्रो हाफमा हामीले केही धैर्यतापूर्वक कुशल खेल प्रस्तुत गर्याँै। जसले गर्दा जित निकाल्न सम्भव भयो। अन्तर्राष्ट्रिय ब्रेकपछिको यो जित हाम्रा लागि ठूलो उपलव्धी हो,’ प्रशिक्षक ग्वार्डिओलाले भने।

जितपछि सिटीले टोटनह्याम र लिभरपुलभनदा ३ अंकले अघि छ। ५ खेलबाट १५ अंक बनाएको सिटी अंक तालिकाको शीर्ष स्थानमा छ। 

गएराति नै भएको खेलमा लिभरपुलले वुल्भ्सलाई, एष्टोन भिल्लाले क्रिस्टल प्यालेसलाई तथा ब्राइटनले म्यानचेष्टर युनाइटेडलाई समान ३–१ गोल अन्तरले पाखा लगाए। 

अर्को खेलमा फुलहामले लुटोनलाई तथा न्यु क्यासलले ब्रेनफोर्टलाई १–० ले हराए। टोटनह्यामले भने सेभिल्ड युनाइटेडलाई २–१ गोल अन्तरले हरायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .