खेल


प्रधानमन्त्री प्रचण्ड पनि एसियाडको उद्घाटन कार्यक्रममा सहभागी हुने

प्रधानमन्त्री प्रचण्ड पनि एसियाडको उद्घाटन कार्यक्रममा सहभागी हुने

एसियाडमा सहभागी हुने खेलाडीहरुसँग प्रधानमन्त्री प्रचण्ड। तस्बिर : प्रदीपराज वन्त


नेपालखबर
भदौ २८, २०८० बिहिबार १८:५६, काठमाडौँ

चीनको हाङझावमा हुने १९‍औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिता (एसियाड)को उद्घाटन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी हुने भएका छन्। 

आगामी असोज ६ गतेदेखि सुरु हुने एसियाडको उद्घाटमा आफू पनि सहभागी हुने जानकारी बिहीबार बालुवाटारमा आयोजित खेलाडीहरुको बिदाइ कार्यक्रममा प्रचण्डले दिएका हुन्। 

उनले एसियाडको उद्घाटन सत्रमा आफूले भाग लिने बताउँदै त्यो क्षण आफ्ना लागि गौरवको विषय हुने पनि बताएका छन्। 

प्रचण्डको न्युयोर्कका हुने राष्ट्रसंघीय महासभामा भाग लिन यही भदौ ३० गते अमेरिका जाँदैछन्। 

उनी त्यहीँबाट ४ असोजमा चीनको औपचारिक भ्रमणमा जाने छन्। प्रधानमन्त्री प्रचण्डले ६ र ७ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङसहित उच्च अधिकारीसँग भेटवार्ता गर्नेछन्। त्यही समयमा उनी एसियाडको उद्घाटन कार्यक्रममा सहभागी हुने भएका हुन्। 

उनले खेल क्षेत्रको विकास राष्ट्र विकासको रणनैतिक र महत्वपूर्ण आधार बनेको पनि खेलाडीहरुलाई बताए। 

एसियाडका लागि नेपालबाट २९ खेलका २ सय ३३ खेलाडीले तयारी पूरा गरेका छन्। उनीहरुलाई बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले बिदाइ गरेका हुन्। 

एसियाली खेलकुदको सहभागितामा नेपालले ७ दशक बिताउँदा अहिलेसम्म स्वर्ण जित्न सकेको छैन। नेपालले दुई रजत पदकसहित २४ पदक जितेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad