ad ad

खेल


वर्षाका कारण प्रभावित नेपाल र भारतको खेल पुनः सुरु

वर्षाका कारण प्रभावित नेपाल र भारतको खेल पुनः सुरु

नेपालखबर
भदौ १८, २०८० सोमबार १९:४, काठमाडौँ

वर्षाका कारण प्रभावित भएको नेपाल र भारतबीचको खेल पुनः सुरु भएको छ। एसिया कप अन्तर्गत नेपाल र भारतको खेल जारी रहँदा पानी परेपछि केहीबेर खेल रोकिएको थियो। 

अम्पाएरले पिचको निरिक्षण गरेपछि खेल सुरु गर्ने बताएका हुन्। खेल पुरै ५० ओभरको नै हुनेछ। 

३७.५ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो। ३७.५ ओभरमा नेपाल ६ विकेट गुमाएर १७८ रनको अवस्थामा छ। दिपेन्द्र सिंह ऐरि २७ र सोमपाल कामी ११ रनमा नटआउट छन्। 

यसअघि वर्षाकै कारण दुइ पटक कभर बोलाएर पनि फिर्ता पठाइएको थियो। 

नेपालका ओपनर कुशल भुर्तेल ३८ र आशिफ शेख ५८ रनमा क्याच आउट भए। गुलसन झाले २३ रन थपे। भिम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .