ad ad

खेल


५८ रन बनाएर विराट कोहलीको हातबाट क्याच आउट भए आशिफ शेख

५८ रन बनाएर विराट कोहलीको हातबाट क्याच आउट भए आशिफ शेख

नेपालखबर
भदौ १८, २०८० सोमबार १७:२३, काठमाडौँ

ओपनर आशिफ शेख ५८ रन बनाएर पवेलियन फर्किएका छन्।

९७ बलमा ८ चौका हानेका आशिफ ५८ रन बनाउँदा मोहम्मद सिराजको बलमा विराट कोहलीको हातबाट क्याच आउट भए। 

नेपालले २९.५ ओभरको समाप्तीमा ५ विकेट गुमाएर १ सय ३३ रन बनाएर खेलिरहेको छ। ओपनर कुशल भुर्तेल ३८ रनमा आउट भए।

भिम सार्की ७, रोहित पौडेल ५ र कुशल मल्ल २ रनमा आउट भए। 

भारतका रविन्द्र जडेजाले तिन विकेट झारे। मोहम्मद सिराज र सार्दुल ठाकुरले एक एक विकेट आफ्नो नाममा गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .