ad ad

खेल


प्रादेशिक क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित

प्रादेशिक क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित

निर्वाचित भएपछि पारस खड्का। तस्बिर : नेपालखबर


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १८:३९, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का प्रादेशिक क्रिकेट संघ, बागमतीको अध्यक्ष निर्वाचित भएका छन्।

शुक्रबार ललितपुरको धोबिघाटस्थित एक होटलमा भएको निर्वाचनमा खड्का २३ मतसहित विजयी भएका हुन्। 

पारससँग चितवन जिल्ला क्रिकेट संघका प्रतिनिधि उमेश पियाले पनि अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए। बागमती प्रदेश अध्यक्षका लागि भएको निर्वाचनमा खसेको कूल ३७ मतमध्ये खड्काले २३ मत प्राप्त गरे।

बागमतीको उपाध्यक्षमा प्रेम क्षत्री, सचिवमा ललितपुरका प्रशन्न शाक्य, कोषाध्यक्षमा भक्तपुरका सञ्जय बस्नेतसहित सबै खड्काको प्यानलै विजयी भएका हुन्।

बागमती प्रदेशका सदस्यता मान्यता प्राप्त काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरले पारसलाई समर्थन गरेका थिए।

चितवन र नुवाकोट भने पारसको विपक्षमा चुनावी मैदानमा थिए।

सम्बन्धित समाचार

नेपाल क्रिकेट संघ (क्यान)को नेतृत्व गर्ने लक्ष्यसहित पारसले राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका थिए।

बागमती प्रदेश अध्यक्ष जितेपछि अब उनी क्यानको केन्द्रीय सचिवमा पनि लड्ने योजनामा छन्। 

उनी काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बनेका थिए।

अब प्रदेश पनि जित्दै क्यानकै सचिव बन्ने लक्ष्यमा रहेको उनी निकटस्थ बताउँछन्। 

    प्रतिक्रिया

    नेपाल खबर प्रा.लि
    सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

    Nepal Khabar Pvt. Ltd.

    Blue Star Complex
    Thapathali-11, Kathmandu, Nepal
    +977 01 5340505 / 5341389
    Admin:[email protected]
    News:[email protected]

    विज्ञापनका लागि सम्पर्क


    +977 9851081116
    [email protected]
    Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .