ad ad

खेल


सन्न्यास फिर्ता लिएर पुनः क्रिकेटमा फर्किने सोच बनाएको  थिएँ : पारस खड्का

सन्न्यास फिर्ता लिएर पुनः क्रिकेटमा फर्किने सोच बनाएको  थिएँ : पारस खड्का

नेपालखबर
भदौ ८, २०८० शुक्रबार १९:५५, काठमाडौँ

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले क्रिकेट संघ, काठमाडौंको निर्वाचनमा पराजित भएको भए आफूले घोषणा गरेको सन्न्यास फिर्ता गरेर पुन: क्रिकेट खेलमा फर्कने योजना बनाएको खुलाएका छन्।

बागमती प्रादेशिक क्रिकेट संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

उनी काठमाडौंको नक्सालमा गत ३० साउनमा भएको निर्वाचनमा सदस्य निर्वाचित भएका थिए।

‘क्रिकेट खेल्न त धेरै सजिलो रहेछ, वास्तवमा मैले यो सम्म पनी सोचेको थिएँ कि चुनाव हारी हाले भनेँ आजकल सन्न्यासबाट कमब्याक गर्ने चलन पनि छ नी, चुनाव हारिहाले भने सन्न्यास फिर्ता गरौं की भन्ने योजना पनि बनाएको थिएँ,’ मैदान भित्र र बाहिरको मध्य कुन खेल सजिलो भन्ने प्रश्नको जवाफ दिँदै पूर्व कप्तान खड्काले भने, ‘तर सबै गृहकार्य गर्दा मेरो व्यक्तीगत रुपमा पनि यो सबै सिक्ने कुरा हो। सिक्दै जाँदा राम्रो नराम्रो पक्षहरु एक ठाउँमा आउनु स्वभाविक हो।’

खड्काले क्यानलाई सामाजिक, आर्थिक सबै हिसाबले धनी बनाउने बताए। 

‘मैले बारम्बार भन्दै आएको एउटै मात्र कुरा हो की, यदी म भोलि गएर नेपाल क्रिकेट संघको कुनै अंग हुन्छु भने मैले गएर नेपाल क्रिकेट संघमा एउटै लक्ष्य के हो भने सबै पक्षलाई एकै ठाउँ ल्याउने र क्यानलाई सामाजिक, आर्थिक सबै हिसाबले धनी बनाउने हो,’ उनले भने।

शुक्रबार काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुर जिल्लाको समर्थनमा पत्रकार सम्मेलन गरेका पारसले चुनावमा अध्यक्षमा उठ्ने घोषणा गरेका हुन्। 

आगामी शुक्रबार हुने बागमती प्रदेशको दोस्रो अधिवेशनमा अध्यक्षका लागि पारस खड्का, उपाध्यक्षमा मकवानपुर जिल्ला, सचिवमा ललितपुर र कोषाध्यक्षमा भक्तपुर जिल्ला रहने र ९ सदस्य पदमा आपसी समझदारीमा उम्मेदवारी दिने घोषणाा गरेका हुन्।  

बागमती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र नुवाकोट गरी ६ जिल्ला छन्। यी मध्ये चार जिल्लाले पारसलाई समर्थन गरेका हुन्। 

बागमती प्रदेशको हध्यक्ष हुन १९ मत आवश्यक पर्छ। चार जिल्लाले समर्थन गरेपछि पारसलाई बहुमत भोट पुग्नेछ। 

बागमती प्रदेशको वर्तमान १३ सदस्य कार्यसमितिसँग पनि मतअधिकार हुनेछ। जिल्लाबाट आउने कुल २४ र वर्तमान प्रदेश कार्य समितिको १३ गरी कुल ३७ भोट हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .