ad ad

खेल


नेपालको लगातार दोस्रो जित

नेपालको लगातार दोस्रो जित

नेपालखबर
भदौ १५, २०८० शुक्रबार १२:५१, काठमाडौँ

बहराईनलाई १० विकेटले हराउँदै आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ।

पहिलो खेलमा मलेसियालाई ५ रनले हराएको नेपालले दोस्रो खेलमा बहराइनमाथि १० विकेटको सहज जित निकालेको हो।

बहराइनले दिएको ३२ रनको झिनो लक्ष्य नेपालले २.५ ओभरमा भेट्टायो।

नेपालका लागि ओपनर सीता राना मगर र काजल कुवँरले ३२ रनको साझेदारी गरेपछी नेपालले सहज जित निकालेको हो। कविता १७ र सीता २ रनमा नटआउट रहे।

त्यसअघि मलेसियाको क्वालालम्पुरस्थित वायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको बहराईन १५.४ ओभरमा ३१ रनमा समेटियो।

बहराइनलाई कम स्कोरका रोक्न इन्दु बर्मा एक्लैले तिन विकेट झारिन्। घातक बलिङ गरेकी इन्दुले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिदाँ २ ओभर मेडन राखिन्। खुसी डंगोलले दुई विकेट लिईन्। कविता कुवँर, पुजा महतो, रुविना क्षत्री बेलवासेले समान एक विकेट आफ्नो नाममा गरे।  

कप्तान दिपीका रासंगिकाले बनाएको ११ रन नै बहराइनका लागि सर्वाधिक रह्यो। दिपीका इन्दु बर्माको बलमा बोल्ड आउट भईन्। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

ओपनर एच जी थरंगा ४ रनमा कविता कुवँरको बलमा बोल्ड आउट भईन्। रसिका रत्नमाली र प्रज्ञा जगदिशा गोल्डेन डगआउट भए। अविरा वारिस शुन्य र इशारा मधुवन्थी ५ रनमा रनआउट भए। पवित्र सेट्टी १ रनमा क्याच आउट भईन्।

समूह ‘ए’ मा नेपालसँगै आयोजक मलेसिया, बहराइन, भुटान, कतार र यूएई छन्। समूह ‘बी’ मा चीन, हङकङ, कुवेत, थाइल्यान्ड र म्यानमार छन्।

समुह चरणको तेस्रो खेलमा आइतबार भुटानसँग खेल्नेछ। सोमबार कतार र समुह चरणको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्ने तालिका छ।

समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनल खेल भदौ २२ गते शुक्रबार हुनेछ। फाइनल खेल २३ गते शनिबार हुनेछ।

फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल क्वालिफायर खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .