ad ad

खेल


पाकिस्तानी कप्तान बाबर आजम, जसले नेपालविरुद्धको खेलमा बनाए ६ कीर्तिमान

विराट कोहलीका दुई रेकर्ड पनि तोडे
पाकिस्तानी कप्तान बाबर आजम, जसले नेपालविरुद्धको खेलमा बनाए ६ कीर्तिमान

पाकिस्तानी कप्तान बाबर आजम


नेपालखबर
भदौ १४, २०८० बिहिबार १३:२१, काठमाडौँ

एसिया कपअन्तर्गत बुधबार मुल्तानमा भएको उद्घाटन खेल नेपाल र पाकिस्तानबीच भइसकेको छ। 

पाकिस्तानले पहिले ब्याटिङ गर्दै ३४२ रनको विशाल स्कोर बनायो। जुन एसिया कपकै तेस्रो सबैभन्दा ठूलो स्कोर हो। 

पहिलो पटक प्रतियोगिता खेलेको नेपाल केवल १०४ रनमै अलआउट भयो। पाकिस्तानले यो खेल २३८ रनको फराकिलो अन्तरले जित्यो। यो एसिया कप इतिहासको दोस्रो ठूलो जित पनि हो। 

पाकिस्तानका बाबर आजमले कप्तानका रुपमा एसिया कपमा सबैभन्दा ठूलो स्कोर बनाए। उनले विराट कोहलीको रेकर्ड पनि तोडे। यो खेलमा जम्मा १४ रेकर्ड कायम भएका छन्। जसमध्ये ७ वटा बाबर आजमकै नाममा छन्। 

सबैभन्दा छिटो १९ औँ एक दिवसीय शतक
२८ वर्षीय बाबर आजमले आफ्नो एक दिवसीय करिअरको १९ औँ शतक बनाए। यसका लागि उनले १०२ पारी खेले ।

जुन विश्वकै सबैभन्दा छिटो हो। उनले दक्षिण अफ्रिकाका हाशिम आमलाको रेकर्ड तोडे। जसले १०४ पारीमा १९ एक दिवसीय शतक बनाएका थिए।  भारतका विराट कोहलीले १२४ पारीपछि यो शतक बनाएका थिए। 

एसिया कपमा कप्तानका रुपमा ठूलो स्कोर
बाबर आजमले नेपालविरुद्ध १३१ बलमा १५१ रनको पारी खेले। उनी एसिया कपमा कप्तानका रुपमा १५० रन बनाउने पहिलो खेलाडी पनि बने। उनले कप्तानका रुपमा सबैभन्दा स्कोर गरेका विराट कोहलीको रेकर्ड तोडे। कोहलीले सन् २०१४ मा बंगलादेशविरुद्ध १३६ रन बनाएका थिए।

एसिया कपमा सबैभन्दा ठूलो स्कोर बनाउने  पहिलो पाकिस्तानी
एसिया कपमा पाकिस्तानबाट सबैभन्दा ठूलो स्कोरको रेकर्ड युनिस खानको नाममा थियो। उनले सन् २००४ मा हङकङविरुद्ध १४४ रन बनाएका थिए। बाबरले १५१ रन बनाएर यस रेकर्डलाई पनि आफ्नो नाममा लेखाए।

एसिया कपमा घरेलु मैदानमा सबैभन्दा ठूलो स्कोर
बाबरले मुल्तान क्रिकेट स्टेडियममा १५१ रन बनाए। यो एसिया कपमा घरेलु मैदानमा बनेको सबैभन्दा ठूलो स्कोर हो। बाबरले श्रीलंकाका अर्जुन राणातुंगाको रेकर्ड तोडे। राणातुंगाले सन् १९९७ मा कोलम्बो मैदानमा भारतविरुद्ध १३१ रन बनाएका थिए। 

कप्तानका रुपमा सबैभन्दा धेरै १५० प्लसको बराबरी
बाबर आजमको एक दिवसीयमा उत्कृष्ट स्कोर १५८ रहेको छ। उनले अब नेपालविरुद्ध १५१ रन बनाएर आफ्नो एक दिवसीय करिअरमा दोस्रो पटक १५० रनको आँकडा पार गरे। यी दुवै स्कोर उनले पाकिस्तानको कप्तानी गर्दै बनाएका हुन्। 

दुर्लभ रेकर्डको बराबरी
बाबरले एक दिवसीयमा कप्तानका रुपमा सबैभन्दा धेरै १५० भन्दा माथि रन बनाउने रेकर्डको पनि बराबरी गरेका छन्। उनका अलावा भारतबाट विराट कोहली, अस्ट्रेलियाबाट ऐरन फिन्च र इङ्ल्यान्डबाट एन्ड्रयू स्ट्रसले पनि २-२ पटक यस्तो रेकर्ड बनाएका छन्। 

पाकिस्तानका लागि सबैभन्दा धेरै १५० धेरै रन
पाकिस्तानका लागि  एक दिवसीय क्रिकेटमा सबैभन्दा धेरै पटक १५० भन्दा धेरै रन फखर जमानले बनाएका छन्। 

बाबर आजम यस रेकर्डमा दोस्रो नम्बरमा पुगेका छन्। उनले चारजना खेलाडीहरुको रेकर्ड तोडे, जसले पाकिस्तानका लागि एक-एक पटक १५० भन्दा धेरै रन बनाएका थिए। उनीहरुमा सइद अनवर, इमरान नजिर, शरजिल खान र इमाम-उल-हक सामेल छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .