ad ad

समाज


सशस्त्र प्रहरी उपरीक्षक थपलियाको स्मृतिमा अवार्ड घोषणा

सशस्त्र प्रहरी उपरीक्षक थपलियाको स्मृतिमा अवार्ड घोषणा

नेपालखबर
भदौ १४, २०८० बिहिबार १३:२५, काठमाडौँ

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी सशस्त्र प्रहरी बल दिवसदेखि प्रदान गर्ने गरि सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रीटी अफिसर अवार्ड प्रदान गर्ने घोषणा गरेका छन्।

सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा शुक्रबार पर्सा स्थित नं. १३ गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले सो कुरा बताएका हुन्। पेशागत रुपमा दक्ष, उच्च अनुशासन लगायतका पक्षलाई मूल्यांकन गर्दै प्रत्येक वर्ष एक जना अधिकृतलाई सो पुरस्कार प्रदान गरिने छ।

स्व. थपलियाको १२ औं दिनको स्मृति कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले उनको असामयिक निधनबाट एक कुशल र क्षमतावान अधिकृत गुमाउनु पर्दा संगठनलाई अपुरणीय क्षती पुगेको बताए।

यसैबीच  सशस्त्र प्रहरी महानिरीक्षक अर्याल सँगको भेटघाटमा वीरगञ्ज उद्योग वाणिज्य संघले स्व. थपलियाको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा समेत गरेको छ।

गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख, उपप्रमुख, पर्सा जिल्लाक प्रमुख जिल्ला अधिकारी, वीरगञ्ज भन्सारका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनिका बाहिनिपती लगायत अन्य सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा अन्य संघ संस्थाका पदाधिकारी, स्थानीय भद्रभलाद्मीहरुको समेत उपस्थिती रहेको थियो।

नं. १३ गण पर्साको गणपती रहेका थपलियाको यहि भाद्र २ गते शनिबार असामयिक निधन भएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .