ad ad

खेल


पाकिस्तानविरुद्ध नेपालको मध्यम प्रदर्शन, २ विकेट लिन सफल

पाकिस्तानविरुद्ध नेपालको मध्यम प्रदर्शन, २ विकेट लिन सफल

पाकिस्तानको विकेट लिँदै नेपाली खेलाडी। तस्बिर : पाकिस्तान क्रिकेट बोर्ड


नेपालखबर
भदौ १३, २०८० बुधबार १६:२५, काठमाडौँ

एसिया कपमा पाकिस्तानले नेपालविरुद्ध मध्यम प्रर्दशन गरिरहेको छ। 

मुलतान क्रिकेट स्टेडियममा घरेलु टोलीले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरिरहेको छ। 

पावर प्ले मा पाकिस्तानले २ विकेटको क्षतिमा ४४ रन बनायो। 

११ औं ओभरको खेल जारी रहँदा कप्तान बाबर आजम १२ र मोहम्मद रिजवान ८ रनमा क्रिजमा छन्। 

सोमपालले सातौ ओभरको पहिलो बलमा इमाम उल हकलाई कप्तान रोहित पौडेलको हातबाट रन आउट गराए। 

त्यसअघि अलराउण्डर करण केसीले एसिया कपमा पाकिस्तानविरुद्ध नेपाललाई पहिलो सफलता दिलाएका थिए। 

करणले छैटौँ ओभरको तेस्रो बलमा ओपनर ओपनर फखर जमानलाई विकेट किपर आशिफ शेखको हातबाट क्याच आउट गराउँदै पवेलियनको बाटो देखाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .